२०८३ साउन २१ गते बिहीबार

आधुनिकिकरणका बिच हराउँदै गएको नेपाली संस्कृति

आधुनिकिकरणका बिच हराउँदै गएको नेपाली संस्कृति

अविनाश कार्की

@Public 4K Tv

२०८२ मंसिर २१ गते शनिबार ०५:५२

नेपाल संस्कृतिमा धनी मुलुक भएकोले नेपाललाई एक साझा फुलबारी भनेर व्याख्या गरिन्छ ।

पोखरा ।

नेपाल बहुभाषिक बहुधार्मीक र बहुसांस्कृतिक मुलुक हो । यहाँ १० भन्दा बढी धर्महरु, १२५ भन्दा बढी जातजाति, १३१ भाषाहरू र अनगिन्ती परम्परागत चाडपर्वहरू छन् । नेपाल संस्कृतिमा धनी मुलुक भएकोले नेपाललाई एक साझा फुलबारी भनेर व्याख्या गरिन्छ ।

जुन फुलबारीमा जातजातिलाई विभिन्न फूलहरुको रुपमा हेरिन्छ । ती फूलहरुको सुगन्ध भनेको ती जातजतिहरुको मौलिकता, परम्परा भाषा सस्कृतिहरुलाई लिइन्छ । सानो देश भएपनि यति धेरै जातजाति धर्म परम्परा भाषा रहेको नेपालमा कुनै धार्मिक हिंसा भएको देखिदैन जस्ले गर्दा नेपाललाई विविधतामा एकता रहेको देश को रुपमा हेरिन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण नेपालमा यहाँको सस्कृति रितिरिवाज जीवनशैली पनि पर्यटकहरुको मुख्य आकर्षणको रुपमा रहेको छ । तर, पछिल्ला दशकमा आधुनिक प्रविधि, शहरीकरण र ग्लोबल संस्कृति (ग्लोबलाइजेसन) को प्रभावले हाम्रो सांस्कृतिक पहिचान संकटमा परेको छ ।

२०२१ को जनगणना अनुसार, नेपालमा १३१ बढी भाषाहरू बोलिन्छन्, जसमा नेपाली भाषा मातृभाषाको रूपमा सबैभन्दा बढी बोलिन्छ । तर धेरै स्थानीय भाषाहरू, विशेष गरीMagar, Kusunda / Newar भाषाहरू संकटग्रस्त वा लोपोन्मुख अवस्थामा छन्। उदाहरणका लागि, Newar भाषा आज लगभग लोपोन्मुख छ र ल्भधबच भाषाको प्रयोग काठमाडौं उपत्यकामा विगत केही दशकमा घटेको छ। (Census Nepal, २०२१)

सांस्कृतिक क्षयका मुख्य कारणहरूमा शहरीकरण, प्रविधिको व्यस्तता, विदेशी सांस्कृतिक प्रभाव र व्यवसायिक रोजगारी पर्दछन् । धेरै युवा विदेश रोजगारी र आधुनिक जीवनशैलीमा व्यस्त भएका कारण गाउँघरका परम्परागत चाडपर्व, भाषा, नाच–गान र हस्तकला क्रमशः हराउँदै गएका छन् ।

पहिले गाउघरमा घरहरु गोबरले लिपपोत गरिन्थ्यो, घरका छानो ढुङ्गा काठ माटो लगायत खरहरुले छाइन्थ्यो तर अहिले जस्ताका पाता लगायत ढलान प्लस्टरसमेत बनाउन लागिएको छ । युवाहरुमा लोकभाका लोक तृत्य तथा मौलिक भाषाहरुमा पनि आकर्षण घटिरहेको छ । चाडपर्व तथा भेषभुषा विदेशी परम्परा भित्रिरहेको छ । नेपालमा अहिले चाहिनेभन्दा बढि बिदेशी सस्कार जस्तै बर्थ डे, बेबी सावर, भ्यालेन्टाइन डे, जनवरीमा नयाँ वर्ष अरु अझै कति हुन कति ?

अहिले कमै देखिन्छ नेपाली पोशाक गुन्यु चोला, दौरा सुरुवाल, ढाका टोपी, नेपाली गरगहना लगायतका नेपाली साँस्कृतिक पोशाक लगाएका मान्छेहरु नेपालमा । ढाका टोपी लगाउन अहिले नेपाली ढाका टोपी दिवस जनावरी १ कुर्ने गरेको देखिन्छ ।

अहिले पाइट, छोटा नयाँ डिजाइनका विदेशी कपडामा युवाहरुको आकर्षण रहेको छ । राष्ट्रिय पोशाक लगाउन अहिलेका पिडीहरु लजाउने स्थितिमा पुगेको देखिन्छ । राष्ट्रिय पोशाक अहिले सामजिक सञ्जालमा पोस्ट गरी लाइक बटुल्न लोकप्रियता कमाउन मात्र लगाउने प्रवृत्ति देखिन थालेको छ । लगाउनलाई भन्दा पनि देखाउनलाई लगाउने प्रवृति देखिन थालेको छ ।

त्यस्तै अहिलेका पिडिहरु आफ्नो मातृभाषा बोल्न लजाउने वा असहज मान्नेसम्म पुगिसकेका छन् । विदेशी भाषा बोल्दा सानो महसुस गर्ने, बरु नजानेर भएनि विदेशी भाषा बोल्ने तर मातृभाषा, राष्ट्रिय भाषाहरु बोल्न नचाहाने यसमा अभिभावक तथा शैक्षिक प्रणालीको पनि ठुलो हात छ ।

अभिभावकले आफ्नो मातृभाषा नसिकाउनु, विद्यालयमा पनि मौलिकतालाई महत्व नदिइनुले पनि यो अवस्था सृजना गरेको हो । यी यावत कारणहरुले पनि हाम्रो लोक सस्कृति भाषा परम्पराहरुमा ह्रास आउन थालेका छन् । तर, केही सकारात्मक पहल पनि देखिन्छ ।

पवंकल फन्ड जस्ता गैरसरकारी संस्थाहरूले नेवार र अन्य अल्पसंख्यक भाषाहरूको पुनरुत्थान गर्दै आएका छन् । सामाजिक सञ्जालमार्फत युवा पुस्तामा मातृभाषा, लोकगीत, लोककथा र सांस्कृतिक चेतना फैलाउने काम भइरहेको छ । लिम्बु कवि तथा अन्य आदिवासी समूहहरूले आफ्ना मातृभाषामा कविता, कथा र लोकगीत तयार गरेर नयाँ पुस्तामा संस्कृतिप्रति गर्व जगाउँदै गएका छन् ।

नेपालको संविधान २०७२ ले नेपाल बहुभाषिक बहुधार्मिक, वहुसांस्कृतिक साथै विविधता रहेको मुलुक हो भन्ने मान्यता दिएको छ । तर, व्यवहारमा अझै धेरै भाषाहरू र सांस्कृतिक समूहहरू संरक्षणको कमी र पहिचान संकटमा छन् । यसर्थ, शिक्षा प्रणाली, परिवार, समुदाय, मिडिया र सरकारी नीतिहरू सबै मिलेर सांस्कृतिक संरक्षण र पुनरुत्थानमा सक्रिय हुनुपर्ने आवश्यकता छ ।

सांस्कृतिक विविधता मात्र नेपालको पहिचान होइन, यो हाम्रो ऐतिहासिक र सामाजिक सम्पदा पनि हो । आधुनिकीकरणलाई स्वीकार्दै, हाम्रो भाषा, चाडपर्व, लोककला र परम्परा जोगाउने जिम्मेवारी हामी सबैको हो । यदि समुदाय, युवा, संस्थाहरू र सरकार मिलेर काम गरे, हाम्रो सांस्कृतिक धरोहर हराउने छैन, बरु समृद्ध र विश्वव्यापी रूपमा परिचित हुनेछ ।

नोटः लेखक गण्डकी विश्वविद्यालयमा कानून अध्ययरत विद्यार्थी हुन् ।

प्रकाशित मिति २०८२ मंसिर २१ गते शनिबार ०५:५२
हजुरको प्रतिक्रिया