२०८३ असोज २५ गते आइतबार

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २ गते आइतबार ०९:०५

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न आज बिहान ११ बजेका लागि बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो ।

काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न आज बिहान ११ बजेका लागि बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो ।

मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ ।

प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।

प्रकाशित मिति २०८१ मंसिर २ गते आइतबार ०९:०५
हजुरको प्रतिक्रिया