२०८३ असोज २३ गते शुक्रबार

आईपीएल २०२१ को अक्सन आज, कसरी हुन्छ खेलाडी अनुबन्धन?

आईपीएल २०२१ को अक्सन आज, कसरी हुन्छ खेलाडी अनुबन्धन?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन ६ गते बिहीबार ११:५२

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणका लागि खेलाडीको बोल बढाबढ (अक्सन) बिहीबार चेन्नईमा हुँदैछ। यसपटक एक हजार ९७ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन्। त्यसमध्ये आठ सय १४ जना भारतीय खेलाडी छन् भने बाँकी...

सन्दिप लामिछाने हाेलान त छनाेट ?

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणका लागि खेलाडीको बोल बढाबढ (अक्सन) बिहीबार चेन्नईमा हुँदैछ।

यसपटक एक हजार ९७ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन्। त्यसमध्ये आठ सय १४ जना भारतीय खेलाडी छन् भने बाँकी दुई सय ८३ विदेशी खेलाडी छन्।

एक हिसाबले यो ‘मिनी अक्सन’ जस्तै हुनेछ। किनकि धेरैजसो टिमले आफ्नो प्रमुख खेलाडीलाई फुकुवा गरेका छैनन् । त्यसकारण पनि १८ फेब्रअरीमा हुने अक्सनमा ठूलो फेरबदल आउने सम्भावना कम छ।

त्यसमध्ये बिहीबार चेन्नईमा दुई सय ९२ खेलाडीको अक्सन हुनेछ। त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन्। तीन खेलाडी एसोसिएट राष्ट्रका छन्।

तथापि किंग्स–११ पञ्जाब र रोयल च्यालेन्जर्स बैंगलोरले धेरैजसो खेलाडीलाई फुकुवा गरेका छन् । त्यसकारण यी दुई क्लब नयाँ टिम बनाउने लक्ष्यमा छन्। त्यसकारण बिहीबार हुने अक्सन यी दुई टिमका लागि बढी महत्वपूर्ण छ।

अक्सनमा खेलाडीमध्ये दुई सय सात खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन्। आठ सय ६३ खेलाडीले फर्स्ट–क्लास क्रिकेट खेलिसकेका छन्। र २७ खेलाडी एसोसिएट राष्ट्रका छन्।

त्यसमध्ये बिहीबार चेन्नईमा दुई सय ९२ खेलाडीको अक्सन हुनेछ। त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन्। तीन खेलाडी एसोसिएट राष्ट्रका छन्।

अक्सनमा अधिकतम दुई करोड भारतीय रुपैयाँ आधर मूल्य तय गरिएको छ। जसमा भारतका हरभजन सिंह र केदार जाधब छन्। आठ विदेशी खेलाडी छन्। विदेशी खेलाडीमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, शाकिब अल हसन, मोइन अली, साम विलिङ्स, लियाम प्लङ्केट, जासोन रोए र मार्क उड छन्।

१२ खेलाडीको आधर मूल्य एक करोड ५० लाख भारतीय रुपैयाँ छ। हनुमा विहारी र उमेश यादवसहित ११ खेलाडीको आधर मूल्य एक करोड रहेको छ। १५ जना खेलाडीको आधर मूल्य ७५ लाख भारतीय रुपैयाँ छ। १३ भारतीयसहित ६५ खेलाडीको आधर मुख्य ५० लाख रहेको छ।

एकभन्दा धेरै टिमले उक्त खेलाडीलाई अुनबन्ध गर्न चाहेमा बोल बढाबढ सुरु हुनेछ। सबभन्दा धेरै खेलाडी रकम बोली लगाउने टिमलाई अर्को टिमले चुनौती नदिएमा धेरै बोली लगाउने टिमले उक्त खेलाडी अनुबन्ध गर्नेछ।

एक टिमसँग कति बजेट हुन्छ ?

आईपीएलको हरेक फ्रेन्चाइजी मालिकसँग टिम बनाउन ८० करोड भारतीय रुपैयाँ हुनेछ।

टिमले आफूसँग भएको सबै रकम खर्च गर्नैपर्छ भन्ने आवश्यकता छैन। नयाँ नियमअनुसार भने एक टिमले ७५ प्रतिशत रकम खर्च गर्नुपर्नेछ। त्यसअनुसार आईपीएल टिमले ६० करोड भारतीय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

टिमले बढीमा ८० करोड भारतीय रुपैयाँ रकम खर्च गर्न पाउनेछ। पछिल्लो समय चेन्नईले खेलाडीको तलबमा मात्र ७९.८५ करोड रुपैयाँ रकम खर्च गरेको थियो। त्यसपछि चेन्नईसँग १५ लाख रुपैयाँमात्र बचेको थियो।

टिमलाई कुन खेलाडी आवश्यक छ र आफूसँग कति रकम हुन्छ, त्यही अनुसार रणनीति तय गर्छन्। अक्सनमा प्राय फ्रेन्चाइजी सही समयमा सदुपयोग गर्नका लागि रकम जोगाएर राख्ने गरेको देखिन्छ।

आईपीएल अक्सनमा कस्ता खेलाडी छन्?

आईपीएल अक्सनमा प्रायः तीन प्रकारमा खेलाडी हुुन्छन्। एक–‘क्याप्ड’ खेलाडी, दुई–‘अनक्याप्ड’ खेलाडी र तीन–विदेशी खेलाडी।

‘क्याप्ड’ खेलाडी भनेको कुनै न कुनै एक स्वरुपको क्रिकेटमा भारती सिनियर टिमबाट खेलेको खेलाडी हुन्। ट्वान्टी–२०, एकदिवसीय तथा टेष्ट क्रिकेटमध्ये एक स्वरुपमा भारतीय टिमबाट खेलेको खेलाडी।

‘अनक्याप्ड’ खेलाडी भन्नाले ट्वान्टी–२०, एकदिवसीय तथा टेष्ट क्रिकेटमध्ये कुनै पनि स्वरुपमा भारतीय टिमबाट नखेलेका खेलाडी हुन्। भारतीय फर्स्ट–क्लास क्रिकेट खेलेका खेलाडी तर कहिल्यै पनि भारतीय टिमबाट नखेलेका खेलाडी।

भारतबाहेका सबै खेलाडी विदेशीको सूचीमा हुन्छन्।

जबसम्म ‘फर्स्ट–क्लास वा लिष्ट ‘ए’ क्रिकेट नखेलेसम्म यू–१९ खेलाडीलाई अनक्याप्ड खेलाडीको श्रेणीमा राख्न सकिँदैन।

तीन प्रकारका खेलाडीको अक्सनमा केही फरक छैन। मात्र कुनै पनि टिमले आठभन्दा बढी खेलाडी अनुबन्ध गर्न सक्नेछैनन्।

आधार मूल्य त्यो हो, जहाँबाट खेलाडीको बोली लाग्न सुरु हुन्छ। बोली लाग्ने रकम आधार मूल्यबाट सुरु हुन्छ। आधार मूल्यभन्दा कम रकममा खेलाडीलाई अनुबन्ध गर्न पाइनेछैन।

कति जना खेलाडीलाई अक्सनको सूचीमा राखिनेछ?

आईपीएल अक्सनमा यति नै संख्यामा खेलाडी हुन्छ भन्ने निश्चित छैन। प्रत्येक संस्करणका लागि अक्सनमा खेलाडीको संख्या फरक–फरक रहेको छ।

कति जना खेलाडीले आफ्नो क्रिकेट बोर्डसँग एनओसी लिएर आईपीएल अक्सनका लागि नाम दर्ता गर्छन् भन्नेमा निर्भर हुन्छ ।

त्यसपछि विभिन्न तथ्यका आधरमा खेलाडीलाई वर्गिकरण गरिन्छ। खेलाडीको खेल्ने शैलीका आधरमा उनीहरुलाई भिन्न भिन्न ‘पुल’ मा राखिनेछ। जस्तो, बलर, ब्याट्सम्यान, अनक्याप्ड, आदि।

आधारमूल्य के हो? कसरी खेलाडीको आधार मूल्य तय हुन्छ?

आधार मूल्य त्यो हो, जहाँबाट खेलाडीको बोली लाग्न सुरु हुन्छ। बोली लाग्ने रकम आधार मूल्यबाट सुरु हुन्छ। आधार मूल्यभन्दा कम रकममा खेलाडीलाई अनुबन्ध गर्न पाइनेछैन।

खेलाडीको आधार मूल्य बीसीसीआईले तय गर्छ। खेलाडी आफैँले पनि आफ्नो आधार मूल्य तय गर्न सक्नेछन्। तर उक्त रकम दश लाखभन्दा बढी र दुई करोडभन्दा कम हुनपर्छ।

‘क्याप्ड’ तथा विदेशी खेलाडीले सामान्यतय आफ्नो आधार मूल्य अधिकतम सीमा रकम राख्ने गर्छन्। तर ‘अन क्याप्ड’ भारतीय खेलाडीले भने न्युनतम सीमाको रकमलाई आधार मूल्य बनाउने गर्छन्।

आधर मूल्य तय गर्न खेलाडीको प्रदर्शन इतिहास, वर्तमान प्रदर्शन, सामाजिक सञ्जाल फ्यान फलोअर्स आदिलाई ध्यान दिइन्छ।

आईपीएलको एक टिममा कति जना खेलाडी हुनसक्छ?

हरेक फ्रेन्चाइजीले आफ्नो टिममा न्युनतम १८ र अधिकतम २५ खेलाडी राख्न सक्छन्। एक टिममा आठभन्दा धेरै विदेशी खेलाडी राख्न पाइने छैन। यसको मतबल एक टिममा क्याप्ड र अन क्याप्ड गरी कम्तीमा १७ भारतीय खेलाडी हुनेछन्।

एक टिमले सबै २५ खेलाडी नै भारतीय राख्न पनि सक्छ। तर सामान्यतया सबै फ्रन्चाइजीले विदेशी खेलाडी राख्छन्। किनकि विदेशी खेलाडीहरुले विश्व मञ्चमा धेरै खेलेका हुन्छन् र उनीहरुलाई राख्दा टिमलाई फाइदा हुने आंकलन फ्रेन्चाईजीको हुने गर्छ।

फ्रेन्चाइजीसँग रकम रहेको अवस्थामा विदेशी खेलाडीका लागि पनि मोटो रकम खर्च गर्छन्। अधिकतम आठ खेलाडी टिममा राख्न पाए पनि एक टिमले खेलमा ११ मध्ये बढीमा चार खेलाडीमात्र विदेशी खेलाउन पाउनेछन्।

प्रकाशित मिति २०७७ फागुन ६ गते बिहीबार ११:५२
हजुरको प्रतिक्रिया