२०८३ असोज २५ गते आइतबार

लोकरिझ्याँईको राजनीति गलत होः सञ्चार मन्त्री गुरुङ

लोकरिझ्याँईको राजनीति गलत होः सञ्चार मन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ५ गते बुधबार ०३:४५

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताएका छन् ।

पोखरा
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताएका छन् । बुधवार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताएका हुन् ।

उनले कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिझ्याँईका अभिव्यक्ति दिनु नहुने उल्लेख गरे । नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको उनले दाबी गरे । सही पात्र नपाउँदा देश विकास हुन नसकेको मन्त्री गुरुङको भनाइ छ ।

‘हाम्रो समाज नै ढोंगी समाज भयो । समाज एकदम ढोंगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ । त्यसकारण यो ढोंगी चिजहरु नगरौँ भन्ने मान्यता मेरो हो । कलाकारको बीचमा आयो म पनि कलाकार नै थिएँ,’ उनले भने ।

प्रकाशित मिति २०८१ मंसिर ५ गते बुधबार ०३:४५
हजुरको प्रतिक्रिया