२०८३ साउन २१ गते बिहीबार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ९ गते आइतबार ०२:१८

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ ।

काठमाडौं ।

साताको  पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति २०८१ मंसिर ९ गते आइतबार ०२:१८
हजुरको प्रतिक्रिया