२०८३ साउन २१ गते बिहीबार

एसिया कप खेल्ने यु–१९ टिमलाई आज बिदाइ गरिँदै

एसिया कप खेल्ने यु–१९ टिमलाई आज बिदाइ गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ११ गते मंगलबार ०९:४०

एक दिवसीय एसिया कप क्रिकेट मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । समूह बीमा रहेको नेपालको पहिलो खेलमा मंसिर १४ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइ गर्दैछ ।

मंसिर १४ देखि युएईमा हुने एसिसी यु–१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको जानकारी दिएको हो ।

टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन् ।

एक दिवसीय एसिया कप क्रिकेट मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । समूह बीमा रहेको नेपालको पहिलो खेलमा मंसिर १४ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्ने तालिका छ ।

प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् ।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल मंसिर २३ गते हुने छ ।

प्रकाशित मिति २०८१ मंसिर ११ गते मंगलबार ०९:४०
हजुरको प्रतिक्रिया