२०८३ असोज २३ गते शुक्रबार

सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी

सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ११ गते मंगलबार ०७:१२


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हजारौं मान्छेहरु कर्मचारीको रुपमा सहकारीमा आवद्ध रहेको उल्लेख गर्दै उहाँहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो ।

काठमाडाै‌ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरुलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हजारौं मान्छेहरु कर्मचारीको रुपमा सहकारीमा आवद्ध रहेको उल्लेख गर्दै उहाँहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन केही कानूनी जटिलताहरु रहेको उल्लेख गर्दै नमिलेका कानून, ऐन र विधिहरु समयानुकुल बनाउन सरकारले चासो दिएको बताउनु भयो । उहाँले सहकारीहरु देखिएको समस्यालाई लिएर भ्रम फैलाइएको समेत बताउनु भयो । मुलुकमा ३१ हजारबढी सहकारी रहेको भएपनि एक दुई सय सहकारीमा देखिएको समस्यालाई लिएर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘सामाजिक सुरक्षाका सन्दर्भमा हामीले गरेका कामहरु पर्याप्त छन् भन्न सकिन्न । कतिपय कुराहरुमा कानूनी जटिलताहरु छन् । सबै क्षेत्रमा सामाजिक योगदानमा आधारित सामाजिक सुरक्षा कायम गर्नुपर्दछ भन्ने मान्यताका आधारमा मुलुकमा ३१ हजार चार सय सहकारीहरु छन् । सहकारीहरुमा ७५ हजारभन्दा बढी मान्छे क्रियाशील रुपमै लागेको अवस्था छ । सदस्यको हिसाबले जोड्ने हो भने लाखौं छन् । कर्मचारीपनि उत्तिकै हुनुहुन्छ । ति सबै कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नुपर्ने आवश्यकता छ । हामीले बनाएको योजना र सरकारको सोच र सरकारले बनाउने योजनासँग अझै तालमेल भइसकेको अवस्था छैन । यसमा अझै लबिङ गर्नुपर्ने आवश्यकता छ । नमिलेका कानून, ऐन  विधिहरु अहिलेको आवश्यकताअनुसार देखिएका समस्याहरु समाधान गर्नको निम्ति र हाम्रा श्रमजीवि वर्गहरुलाई योगदानमा आधारित सुरक्षा कोषमा आवद्ध बनाउनका लागि सरकारले पनि चासोको विषय बनाउनुपर्दछ । सहकारी भनेको सरकारले बनाएको नीतिअनुसार तीन खम्बाको एक खम्बा हो । ति सहकारीहरुप्रति आज भ्रम फैलाइएको छ । गलत प्रचार गरिएको छ । सहकारीहरु संघ, प्रदेश  स्थानीय तहबाट दर्ता भइरहेका छन् । हेर्ने निकायहरु पनि तद्तद् निकायहरु नै छन् । एकदुई सय सहकारीमा गलत भएको होला । सहकारीको उद्देश्यअनुसार काम नगरेर त्यसविपरितको धुर्वमा काम गरेकोले समस्या देखिएको होला । ’

मन्त्री अधिकारीले थोरै सहकारीहरुले बद्मासी गरेको भएपनि सबै सहकारीहरु खराब हुन् भन्ने प्रचार गरिएको उल्लेख गर्दै यसलाई चिर्न जरुरी रहेको बताउनु भयो ।

प्रकाशित मिति २०८१ मंसिर ११ गते मंगलबार ०७:१२
हजुरको प्रतिक्रिया