२०८३ साउन २१ गते बिहीबार

जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १६ गते आइतबार ०९:५४

विवाह पञ्चमी महोत्सव अन्तर्गत मंसिर १६ गते (आइतबार) नगर दर्शन, १७ गते पुष्प वाटिका फुलवारी लिला १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यहि दिन हुन्छ । १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

जनकपुर ।

जनकपुरधाममा परम्परा अनुसार विवाहपञ्चमीको साताव्यापी महोत्सव शुरु भएको छ ।

धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहित भएका छन् ।

प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिएको जनकपुर धाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णले जानकारी दिए ।

उनले भगवान राम र माता सीताको पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन जनकपुर धाम अहिले चहलपहल र उत्साहले भरिएको बताए ।

त्रेता युगमा भगवान् राम र माता सीताको विवाहलाई स्मरण गर्दै मनाइने विवाह पञ्चमी महामहोत्सवलाई सफल बनाउन जनकपुरधाम उपमहानगर पालिकाले विशेष तयारी गरिरहेको छ ।

जसअन्तर्गत रंगभूमि मैदानका हुने धनुष यज्ञका लागि पाँच सय दर्शनार्थीहरुका मञ्च व्यवस्थापनको कार्य भइरहेको छ भने जनकपुरधाम आउने श्रद्धालु भक्तजनहरुको विश्रमाका लागि धनुष यज्ञ मञ्चभन्दा दक्षिणतर्फ पाँच हजार श्रद्धालु अटाउने क्षमताको विश्रामस्थल निर्माण गरिँदै छ भने तिरहुतिया गाछीमा पनि विश्रामका लागि पण्डा लगाउने तयारी भइरहेको जनकपुर धामको प्रमुख मनोजकुमार साहले जानकारी दिए ।

विवाह पञ्चमी महोत्सव अन्तर्गत मंसिर १६ गते (आइतबार) नगर दर्शन, १७ गते पुष्प वाटिका फुलवारी लिला १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यहि दिन हुन्छ ।

१९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

आयोध्यबाट आएका अतिथिहरुलाई २३ गते स–सम्मान बिदा गरेपछि उनीहरु आयोध्या फर्किने छन् ।

 

 

 

 

प्रकाशित मिति २०८१ मंसिर १६ गते आइतबार ०९:५४
हजुरको प्रतिक्रिया