२०८३ साउन २१ गते बिहीबार

आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने

आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ६ गते शनिबार ०१:०८

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य शुरु हुने बताएका छन् । मधेस खेलकुद परिषदद्वारा जनकपुरधाममा आयोजित ‘नेकोस...

काठमाडौं ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य शुरु हुने बताएका छन् ।

मधेस खेलकुद परिषदद्वारा जनकपुरधाममा आयोजित ‘नेकोस कप’ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस सरकार रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विषयमा गम्भीर रहेको बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा २ सय ५६ करोड रुपैयाँको लागतमा रंगशालाको निर्माण कार्य शुरु गरिनेछ । यस पटकको बजेटमा प्रदेश सरकारले क्रिकेट लगायत समग्र खेलकुद क्षेत्रको विकासका लागि विशेष योजनाहरू ल्याउन लागेको उनले स्पष्ट पारे । साथै, प्रदेशका आठ वटै जिल्लामा रहेका खेलकुद मैदानहरूको स्तरोन्नति गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

सोही अवसरमा मधेस खेलकुद परिषद्का सदस्यसचिव शिवजी यादवले प्रदेशका युवाहरूलाई खेलकुदमा जोड्दै यस क्षेत्रलाई व्यवसायीकरण गर्ने लक्ष्य रहेको बताए । खेलकुद क्षेत्रको विकासले नै राज्यको समृद्धिको आधार तयार गर्ने उल्लेख गर्दै उनले मधेसलाई ‘खेलकुदमय प्रदेश’ बनाउन परिषद् प्रतिवद्ध रहेको उल्लेख गरे ।

शनिवारदेखि शुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपीएफ गरी कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा आयोजना गरिनेछ ।

प्रकाशित मिति २०८३ असार ६ गते शनिबार ०१:०८
हजुरको प्रतिक्रिया