पोखरा ।
पोखरामा सोमबारदेखि हुने अन्तर्राष्ट्रिय आइटिएफ जे ३० टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भाग लिन विभिन्न १० राष्ट्रका करिब २ सय जना टेनिस खेलाडी पोखरा आएका छन् ।
पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको प्रचार प्रसार संयोजक प्रिति बरालले जानकारी दिइन् । प्रतियोगितामा नेपाल सहित जापान, भारत, चाइना, अमेरिका, न्युजल्याड लगाएतका देशबाट खेलाडी सहभागी हुने उनले बताइन् ।
प्रतियोगितामा सिंगल्स तर्फ विजेताले ३० पोईण्ट, रनरअपले १८ पोईण्ट, सेकेण्ड रनरअपले ९ पोईण्ट, क्वाटर फाईनलिष्टले ५ पोईण्ट र फस्ट राउण्ड जित्नेले २ पोईण्ट पाउनेछन् ।
प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडी सहभागि हुनेछन् । पोखरा रंगशाला टेनिस कोर्टमा हुने प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रकाशित मिति २०८१ मंसिर १६ गते आइतबार ०६:५४