२०८३ असोज २४ गते शनिबार

पोखरा आइटिएफ जे३० टेनिस : दोस्रो दिन पहिलो चरणका खेल जारी

पोखरा आइटिएफ जे३० टेनिस : दोस्रो दिन पहिलो चरणका खेल जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १८ गते मंगलबार ०७:११

यता गल्र्स सिंगल्सतर्फ शगुन कुमारी (भारत)ले प्रज्ञा मानन्धर (नेपाल) लाई ६-१, ६-२ को सोझो सेटमा पराजित गरिन् भने रानिया ठाकुर (भारत)ले आइशा डोलकर गुरुङ (नेपाल) लाई ६-१, २-६, ६-१ ले पराजित गरिन् ।

पोखरा ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० अन्तर्गत पहिलो सर्किटका खेलहरु दोस्रो दिन पनि जारी रहेका छन् ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन गल्र्स/ब्वाइज सिंगल्स जारी रहेका छन् भने गल्र्स/ब्वाइज डबल्सतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको दोस्रो दिन ब्वाइज सिंगल्सतर्फ पहिलो राउन्डको दोस्रो दिनको खेलमा प्रनव मानन्धर (नेपाल)ले श्रीकर धोनी (भारत) लाई ६-१, ७-५ ले पराजित गरे । त्यसै गरी हैनुओ गुओ (चीन) ले यश्विन दहिया (भारत) लाई २-६, ६-१, ६-१ ले पराजित गर्दा, हान्बो जू (चीन)ले प्रबीर मुकेश छावडा (भारत) लाई ६-४, ६-३ ले पराजित गरे ।

त्यस्तै आरभ सम्राट हाडा (नेपाल)ले विवान बिदासरिया (भारत) लाई ६-१, ७-६(९) ले पराजित गरे भने भारतका चन्न मल्लिकार्जुन यालेले नेपाली खेलाडी शाश्वत बज्राचार्यलाई ६-१, ६-२ ले पाखा लगाए ।

यता गल्र्स सिंगल्सतर्फ शगुन कुमारी (भारत)ले प्रज्ञा मानन्धर (नेपाल) लाई ६-१, ६-२ को सोझो सेटमा पराजित गरिन् भने रानिया ठाकुर (भारत)ले आइशा डोलकर गुरुङ (नेपाल) लाई ६-१, २-६, ६-१ ले पराजित गरिन् ।

यसै गरी प्रतियोगिताको दोस्रो दिन ब्वाइज र गल्र्स डबल्सतर्फका खेलहरु सुरु भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताएका छन् । ब्वाइज डबल्स- १६ को राउन्ड (पहिलो राउन्ड) नेपाली खेलाडी जोडी आयुष्मान हजुर घले र सक्षम विक्रम शाह भारतिय खेलाडी ओजस मेहलावत र अधिराज ठाकुर संग ६-४, ६-४ ले पराजित भएका छन् । यस्तै केजुन डेंग र हान्बो जू (चीन) ले वीर मादम र व्योम शाह (भारत)लाई ६-३, ६-४ ले पराजित गर्दा श्रीकर धोनी र शोवर्य सामला (भारत) ले नितिनभरत केएस (भारत) र दर्शील श्रेष्ठ (नेपाल) लाई ६-३, ६-४ ले तथा अमित मुण्ड (भारत) र प्रतीक नाविन (अष्ट्रेलिया)को जोडीले आदित्य मोर र प्रकाश शरण (भारत) लाई ४-६, ७-६(४), ृ११-९े ले पराजित गरेका छन् ।

यस्तै गल्र्स डबल्स-१६ को राउन्ड (पहिलो राउन्ड)मा शिवाली गुरुङ र सुनिरा थापा (नेपाल) ले मायरा टोपनो र व्रन्दिका भगवत राजपुत (भारत) लाई ६-०, ६-१ ले, सौम्या चटर्जी र शगुन कुमारी (भारत) ले प्रज्ञा मानन्धर र कर्मिष्ठा नुगाह श्रेष्ठ (नेपाल) लाई ६-३, ६-० ले, स्वस्तिका बिष्ट (नेपाल) र अपरा खन्दारे (भारत) ले रीत अरोरा र आर्या बोरकर (भारत) लाई ६-२, २-६, ृ१०-४े ले, नन्दिनी कंसल र रानिया ठाकुर (भारत) ले नोरा चौधरी (क्यानाडा) र सारा चौधरी (भारत) लाई ७-५, ६-४ ले तथा दिशा बेहेरा र अर्जन खोराकीवाला (भारत) ले तियानरान डोङ र यौयू लिउ (चीन) लाई ६-१, ६-१ ले पराजित गरेका छन् भने आइशा डोल्कर गुरुङ र जेनि खड्का (नेपाल) ले मानसी सिंह र न्यान्सी सिंह (भारत) लाई ६-३, ५-७, ृ१०-६े ले पराजित गरे ।

मंसिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किटका खेलहरु एक साता सञ्चालन हुनेछन् । पहिलो सर्किट अन्तर्गत विभिन्न १० देशका ब्वाइजतर्फ ७० र गल्र्ससतर्फ ३५ गरी १ सय ५ जना प्रतिष्पर्धामा रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले बताए । सहभागि देशहरुमा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरिया रहेका छन् ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर-१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स, महिला सिङ्गल्स तथा डबल्स गरि चार इभेन्टमा जारी प्रतियोगितामा बिजेता तथा उप-विजेताले प्रमाण-पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति २०८१ मंसिर १८ गते मंगलबार ०७:११
हजुरको प्रतिक्रिया