पोखरा ।
नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले जितका लागि १३९ रनको लक्ष्य पाएको छ ।
टस जितेर फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो । पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनायो ।
म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए ।
जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो । पोखरा भने यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।
जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तान कुशल भुर्तेल छन् ।
आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।
प्रकाशित मिति २०८१ मंसिर २० गते बिहीबार १०:४७