२०८३ साउन २१ गते बिहीबार

विज्ञहरु भन्छन्ः ‘संक्रमणकालीन न्याय सम्पादन गर्न अब बन्ने आयोगलाई असफल हुने छुट छैन’

विज्ञहरु भन्छन्ः ‘संक्रमणकालीन न्याय सम्पादन गर्न अब बन्ने आयोगलाई असफल हुने छुट छैन’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २२ गते शनिबार ०४:३१


कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी चरण प्रसाईंले विगतका आयोगहरु फेलियर नभइ सिफारिस समितिहरु फेलियर भएको बताउनु भयो । उहाँले सिफारिस समितिले सिफारिस गरेका व्यक्तिहरुबाटै आयोगको निर्माण भएको उल्लेख गर्दै अब सिफारिस गर्दा समितिलाई फेल हुने छुट नरहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आधार मानेर आयोगले काम गर्नुपर्ने बताउनु भयो । 

काठमाडाैं  ।

पूर्वकानूनमन्त्री गोविन्दप्रसाद बन्दीले व्यक्तिगत आग्रहका आधारमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका परिवारका व्यक्तिको छानविन आयोग बनाइए परिणाम दिन नसक्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित संक्रमणकालीन न्याय प्रक्रियाको विश्वसनियता अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिफारिस समितिले आयोगका लागि व्यक्तिहरु निष्पक्षतापूर्वक सिफारिस नगरेको चर्चा सुनेको बताउनु भयो । योग्यता नहेरी आफ्ना व्यक्तिहरुलाई आयोगको सदस्य बनाए पुनः डिरेल हुने सम्भावना रहेको बताउनु भयो । प्रक्रियाबाट आयोग गठन भएको खण्डमा नतिजा सकारात्मक आउने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘यसो बजारमा हेर्दा, सुन्दा बुझ्दा अलिक मान्छेहरु बेरोजगार भएछन् की भन्ने पनि लागेको छ । मेरो विचारमा यो रोजगारीको संस्था होइन । यो मान्छेलाई रिक्वेस्ट गरेर, अनुरोधपूर्ण रुपमा आएर सहयोग गरिदिनुस् । तपाईंको सक्रियता, क्षमता, तपाईंले अहिलेसम्म काम गर्दा देखाउनुभएको निष्पक्षता अब देशका लागि चाहियो भनेर मान्छेहरु ल्याउनुपर्ने ठाउँमा, हामी कसलाई मसँग को नजिक छ ? भन्ने आधारमा चयन ग¥यो भने यो फेरि प्रोसेस डिरेल हुनसक्छ । तमाम उदाहरण छन् । श्रीलंकामा ५ औं पटक डिरेल भयो । अहिले पनि पार्टीसिपेटको इंगेजमेण्ट जुन लेभलमा हुनुपर्ने हो त्यो कताकता भएको होइन की जस्तो कुरा सुन्दा लाग्छ । स्टेक होल्डरसँगको एउटा कन्फिडेन्स बिल्डिङ प्रसेस बलियो बनाएर लैजानुपर्छ । मान्छे को आउँछन्, त्यसमा सरोकार राख्दिन । प्रसेसले नै कुन मान्छे आउने र नआउने तय हुनुपर्छ । व्यक्तिगत आग्रहका आधारमा राखियो भने त्यसले परिणाम निकाल्न सक्दैन ।’ 

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सूर्यप्रसाद शर्मा ढुंगेलले राजनीतकि दलहरुमा अहिले विश्वासको संकट रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुबीच विश्वसनियता कायम हुनसके मात्रै संक्रमणकालीन न्याय टुंगो लगाउन बनाइने आयोगहरुले काम गर्नसक्ने बताउनु भयो । उहाँले सर्च कमिटीले सिफारिस गरेका व्यक्तिहरुको योग्यतामाथि प्रश्न उठाउन नसकिने तर सर्च कमिटी सरकारको नेतृत्वको मुख ताकेर बस्न नहुने बताउनु भयो । उहाँले निष्पक्ष र स्वतन्त्र ढंगबाट आयोग गठन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रोमा विश्वासको संकट छ । विश्वसनियता दिलाउन आवश्यक छ । अहिलेको लक्षण राम्रो के देखिएको छैन भने सर्च कमिटीमा आउने मान्छेहरुको योग्यतामाथि प्रश्न उठाउने हामीलाई ठाउँ छैन । सर्च कमिटी सरकारको नेतृत्वको मुख ताकिरहनु भएको छ भन्ने जुन म्यासेज गइरहेको छ, त्यसले राम्रो परिणाम दिँदैन । उहाँहरु प्रभावित हुन थाल्नुभयो भन्ने म्यासेज दिन्छ । निष्पक्ष र स्वतन्त्र ढंगबाट आयोग गठन गर्नुपर्छ । त्यो विश्वास सर्च कमिटीले दिन सक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी चरण प्रसाईंले विगतका आयोगहरु फेलियर नभइ सिफारिस समितिहरु फेलियर भएको बताउनु भयो । उहाँले सिफारिस समितिले सिफारिस गरेका व्यक्तिहरुबाटै आयोगको निर्माण भएको उल्लेख गर्दै अब सिफारिस गर्दा समितिलाई फेल हुने छुट नरहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आधार मानेर आयोगले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजोको सिफारिस समिति फेलिएर भएका हुन् । आयोग फेलिएर भएका होइनन्, आयोग फेलियर भएका हुन् । सिफारिस समितिले जस्तो मान्छे पठाए त्यस्तैबाट आयोग बनेको हो । आयोगलाई फेल हुने छुट छैन । संक्रमणकालीन न्याय सम्पादनमा कहाँ चुक्यौँ भन्नेकुरा महत्वपूर्ण हो । हामी टाइमलाइनमा चुकेको हो । विस्तृत शान्ति सम्झौताले प्रशस्त ठाउँ दिएको छ । अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आधार मानेर अघि बढ्ने भनिएको छ ।’

उहाँले सर्च समितिले आयोगका लागि सक्षम, भरपर्दो, स्वतन्त्र व्यक्ति सिफारिस गर्नुपर्ने बताउनु भयो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने माहोल बनेको अवस्थामा कोही पनि चुक्न नहुने बताउनु भयो । सबैले सहयोग गर्ते तर राजनीतिक दलले असयोग गर्न नहुने उल्लेख गर्नुभयो । राजनीतिक दलहरुले सिफारिस समितिलाई असफल बनाउने प्रयत्न गर्न नहुने बताउनु भयो ।

प्रकाशित मिति २०८१ मंसिर २२ गते शनिबार ०४:३१

हजुरको प्रतिक्रिया