समयमै सचेत नभए स्थिति फेरि भयावह हुनसक्छ !
पाेखरा । पछिल्लाे समय पाेखरामा फेरि काेराेनाका संक्रमितहरू थपिनेक्रम बढ्न थालेकाे छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार हालसम्म प्रदेशभर कुल १ लाख ३६ हजार ३ सय ६७ जनामा भएकाे परिक्षणमा १६ हजार ६ सय ६२ जना संक्रमित भेटिएका छन् । यस्तै हालसम्म १६ हजार १ सय जना निकाे भइसकेका छन् भने प्रदेशभर काेराेना संक्रमणपछि २०५ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लाे २४ घण्टाकाे विवरण अनुसार प्रदेशभर गरिएकाे कुल २ सय ८० जनाकाे परिक्षणबाट थप ३६ संक्रमित फेला परेका छन् । जसअनुसार पाेखरा महानगरपालिकाका २४ जना बाग्लुङ्गका ८ तथा तनहुँका ४ जना रहेका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २ मा २५ वर्षीय १ जना महिला तथा ५ मा ६० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३८ वर्षीय १ जना पुरुष तथा ४० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ मा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४, ४५ र ५२ वर्षीय ३ जना महिलासहित २०, २६, ३५, ४८ र ५० वर्षीय ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ९ मा ५३ वर्षीय १ जना पुरुष तथा १४ मा २७ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १६ मा ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३ जना महिला तथा ४ जना पुरुष हुन् । सो वडामा ४१, ४५ र ५६ वर्षीय ३ जना महिला तथा २०, २९, ४७ र ६१ वर्षीय ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२६ नम्बर वडामा ८० वर्षीय १ जना महिला, २७ मा २९ वर्षीय १ जना पुरुष तथा ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको अर्को जिल्ला बाग्लुङमा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बाग्लुङ नगरपालिका तथा धौलागिरी अस्पतालमा हुन् ।
त्यस्तै तनहुँमा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी नगरपालिका अन्तरगत वडा नम्बर ४ र ८ का हुन् ।
प्रकाशित मिति २०७७ चैत २२ गते आइतबार ०६:४९




