२०८३ असोज २४ गते शनिबार

लुम्बिनी लायन्सको दियो चितवन राईनोजलाई १६८ रनको लक्ष्य

लुम्बिनी लायन्सको दियो चितवन राईनोजलाई १६८ रनको लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २५ गते मंगलबार १०:४४

टस हारेर ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेल र साद विन जफरले ११४ रनको उत्कृष्ट साझेदारी गर्दै १६७ रन बनाए ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेल र साद विन जफरले ११४ रनको उत्कृष्ट साझेदारी गर्दै १६७ रन बनाए ।

लुम्बिनीका लागि पौडेल ८०, अर्जुन साउद १५, टम मुर्स १०, आशतोष घिरैया एक, उन्मुक्त चन्द शून्य र जफर ५२ र सन्दीप जोरा एक चौकासहित ४ रनमा अविजित रहे ।

चितवनका लागि रिजन ढकाल तीन विकेट, रञ्जित कुमार, कप्तान कुशल मल्लले समान एक एक विकेट लिए ।

यसअघि ४ खेलमा चितवनले ३ खेलमा जित निकालेको छ ।

लुम्बिनीले भने हालसम्म खेलका चार वटै खेलमा पराजय व्यहोरेको छ । लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो भने पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध बनेको थियो ।

त्यस्तै सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको थियो ।

 

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार १०:४४
हजुरको प्रतिक्रिया