२०८३ साउन २१ गते बिहीबार

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २५ गते मंगलबार ०१:४३

हाँले भन्नुभयो, ‘आज संघीय संसद सेवा दिवस हो । संसद सेवा स्थापना भएको १८ वर्ष पुरा भयो । यसका अवसमा हामी सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । त्यहीअनुसार आज प्रतिनिधि सभाको एउटा टिम र राष्ट्रिय सभाको एउटा टिम बनाएर फुटसल खेलिरहेका छौं । टिम क्याप्टेन राष्ट्रिय सभाको सम्माननीय अध्यक्षज्यु हुनुहुन्छ । प्रतिनिधि सभाको म छु । यसले युवाहरुलाई खेलप्रति आकर्षित गर्नुका साथै हामीहरुलाई पनि खेल प्रेमि छन् भन्ने सन्देश दिनेछ ।’

काठमाडौं ।

संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ ।

मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो ।

१८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको छ ।

फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनु भयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरि मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनु भयो । उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैं तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज संघीय संसद सेवा दिवस हो । संसद सेवा स्थापना भएको १८ वर्ष पुरा भयो । यसका अवसमा हामी सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । त्यहीअनुसार आज प्रतिनिधि सभाको एउटा टिम र राष्ट्रिय सभाको एउटा टिम बनाएर फुटसल खेलिरहेका छौं । टिम क्याप्टेन राष्ट्रिय सभाको सम्माननीय अध्यक्षज्यु हुनुहुन्छ । प्रतिनिधि सभाको म छु । यसले युवाहरुलाई खेलप्रति आकर्षित गर्नुका साथै हामीहरुलाई पनि खेल प्रेमि छन् भन्ने सन्देश दिनेछ ।’

राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद दिवसको सन्दर्भ पारेर आज फुटसल खेल खेलिँदैछ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको टिम बनाएर हामी खेल्दैछौं । यसमा हामीमध्ये कसले जित्ने भन्दापनि नेपालमा खेलकुद क्षेत्रको प्रमोट गर्नको लागि यसले मद्दत गरोस् भन्ने उद्देश्य हो । युवाहरुलाई धेरैभन्दा धेरै खेलप्रति आकर्षण गर्नको लागि यो फुटसलको आयोजना गरिएको हो ।’

फुटसल प्रतियोगितामा संघीय संसदका दुवै सदनका सांसद एवं कर्मचारीहरु सहभागि हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार ०१:४३
हजुरको प्रतिक्रिया