पोखरा ।
चापाकोट पर्यटन प्रवद्र्धन समिति पोखरा-२३ को आयोजनामा बामदीमा सुरु भएको महिला भलिबल अन्र्तगत शुक्रबार दुइवटा खेल सम्पन्न भएका छन् ।
उद्याटन खेलमा निर्माया दोहोरी साँझ, पोखराले विजयी सुरुवात गरेको छ । निर्मायाले राइट फर चिल्डे्रन, पोखरालाई ३-० को सेटमा पराजीत गदैँ अघिको यात्रा सुरक्षित गर्यो ।
यस्तै दोस्रो खेलमा एलिट भलिबल एकेडेमी, नदिपुर पोखराले टिम पोखरालाई ३-० को सोझोसेटमा पराजीत गर्यो ।
तेस्रो खेल गुरुकुल विद्या सदन, नदिपपुर पोखरा र हरिनास गाउँपालिका, स्याङ्जा वडानम्बर ५ बिचको खेल समय अभावका कारण स्थगित भएको छ । दुवै टिमले १/१ सेट जितेको अवस्थामा समय अभाव भएकाले स्थगित गरिएको प्रतियोगिताका प्राविधिक संयोजक पूणर्बहादुर (जापान) गुरुङले जानकारी दिए ।
नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल महिला भलिबल टिमका सिनीयर खेलाडी वा आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका बढिमा २ जना खेलाडी टिममा सहभागि गराउन पाइने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, ट्रफि र मेडल प्राप्त गर्ने छ । भने द्धितिय हुने टिमले नगर ५० हजार ट्रफि र मेडल प्राप्त गर्ने छ । यस्तै सेमिफाइनलमा पुग्ने टिमले १५ हजारका दरले पुरस्कार पाउने अध्यक्ष पराजुलीले जानकारी दिए ।
प्रकाशित मिति २०८१ मंसिर २८ गते शुक्रबार ०७:३४




