२०८३ साउन २१ गते बिहीबार

संकटा क्लव आहा रारा गोल्डकपको नयाँ च्याम्पियन

संकटा क्लव आहा रारा गोल्डकपको नयाँ च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत २९ गते आइतबार १०:५७

पोखरा । १९ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौले जितेको छ । आहा रारामा संकटा नयाँ च्याम्पियन बन्दा पाहुना टोली अफ्रिकन रुट्स टाईब्रेकरको सिकार बन्यो । संकटाले अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा ४–२ गोलले...

अफ्रिकन रुट्स टाइब्रेकरमा पराजित

पोखरा । १९ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौले जितेको छ । आहा रारामा संकटा नयाँ च्याम्पियन बन्दा पाहुना टोली अफ्रिकन रुट्स टाईब्रेकरको सिकार बन्यो । संकटाले अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा ४–२ गोलले पाखा लगाउदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधिमा आफनो नाम लेखायो ।

निर्धारित र अतिरिक्त गरी १२० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि विजेताको छिनोफानोका लागि टाईब्रेकरको सहारा लिनुपरेकाे हो ।

टाई–ब्रेकर अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाले उपाधि सहित नगद १० लाख ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता अफ्रिकनले ५ लाखमा चित्त बुझाउन बाध्य भयो ।

उपाधि आफनो पोल्टामा पार्न संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले पेनाल्टीमा गोल गोल गरे भने सरोज दाहालको प्रहार अफ्रिकन गोलकिपरले बचाउ गरे । यता, अफ्रिकनका यानिक र रिमको पेनाल्टी मात्रै गोलमा परिणत भयो । अफ्रिकनका कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गरेपछि आहाको उपाधि उचाल्ने सपना अधुरो बन्यो ।

प्रतियोगितामा को को उत्कृष्ट ?

आरा रारा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी सहित उत्कृष्ट गोलकिपर राजा बाबु थापा (संकटा) बने । उहाँले एउटा स्कुटर सहित नगद २५ हजार प्राप्त गरे ।

उत्कृष्ट डिफेन्डर- निरज बस्नेत (संकटा)

उत्कृष्ट मिडफिल्डर- राफायल रिम  (अफ्रिकन रुट्स)

उत्कृष्ट स्ट्राइकर- बासिक (अफ्रिकन रुट्स)

उत्कृष्ट प्रशिक्षक – सेर्गी बोरिस (अफ्रिकन रुट्स)

सर्वाधिक गोलकर्ता- बुद्द बल तामाङ  (नेपाल पुलिस क्लब), बासेक र मौसा (अफ्रिकन रुट्स)

फेयर प्ले- नेपाल पुलिस क्लब

प्रकाशित मिति २०७७ चैत २९ गते आइतबार १०:५७

हजुरको प्रतिक्रिया