२०८३ साउन २१ गते बिहीबार

लोक गायक कृष्ण थापामगरकाे एकल साँझ हुने

लोक गायक कृष्ण थापामगरकाे एकल साँझ हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ३ गते बुधबार ०५:३९

पाेखरा । पोखरामा आगामी शनिबार लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको छ । नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापामगर एकल साँझ हुन लागेको हो । संघले आज (मंगलबार) पोखरामा सम्मेलन गर्दै एकल साँझबारे जानकारी...

पाेखरा ।

पोखरामा आगामी शनिबार लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको छ ।

नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापामगर एकल साँझ हुन लागेको हो । संघले आज (मंगलबार) पोखरामा सम्मेलन गर्दै एकल साँझबारे जानकारी दिएको हो ।

नेपाल मगर साँस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगरले यही शनिबार (पुष ६) गते लोक गायक कृष्ण थापा मगर एकल साँझ आयोजना गरेको बताईन् ।

‘नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा यही पुष ६ गते शनिबार कृष्ण थापा मगर एकल साँझ आयोजना गरेका छौं, अध्यक्ष सारु मगरले भनिन्, ‘हामीले यो भन्दा अगाडि पनि खड्का गर्बुजा एकल साँझ सम्पन्न गरी सकेका छौं, एकल साँझबाट आउने रकम हामीले सामाजिक सेवामा खर्च गर्दै आएका छौं ।’

उनले मौलिक लोक गीत जर्गेना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा लोक गायक थापमगरको योगदान रहेको बताइन् ।

वि.स. २०२५ साल तनहुँ बसन्तपुर गाविस ३ मा जन्मिएका थापामगरले २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । लोक गायक थापामगरले २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।

प्रकाशित मिति २०८१ पुस ३ गते बुधबार ०५:३९
हजुरको प्रतिक्रिया