२०८३ साउन २१ गते बिहीबार

लोडसेडिङ हुदाँ खुशी हुने जमातले लोडसेडिङको हल्ला फिँजाएः कुलमान घिसिङ

लोडसेडिङ हुदाँ खुशी हुने जमातले लोडसेडिङको हल्ला फिँजाएः कुलमान घिसिङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ५ गते शुक्रबार ०२:४१

उनले भने, ‘नेपालमा नकारात्मकताको कति रमाउने रहेछन् । लोडसेडिङ भयो । लोडसेडिङ हुँदा कति खुशी मनाउने कति जमात रहेछ भन्ने एउटा जमात रहेको केही दिनबाट हेरिरहेको छु ।

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका छन् ।

शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन् । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।

व्यस्त समयमा केही मात्रै उद्योगको लाईन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको निर्देशक घिसिङको भनाइ छ । उनले उद्योगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा गर्‍यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको उल्लेख गरे । माथिल्लो तामाकोशी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिए ।

उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको उल्लेख गर्दै जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्नेमा जोड दिए । ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको निर्देशक घिसिङको भनाइ थियो ।

उनले भने, ‘नेपालमा नकारात्मकताको कति रमाउने रहेछन् । लोडसेडिङ भयो । लोडसेडिङ हुँदा कति खुशी मनाउने कति जमात रहेछ भन्ने एउटा जमात रहेको केही दिनबाट हेरिरहेको छु । विद्युत प्राधिकरण नाफा भयो भन्न साथ खुशी नहुने,विद्युत प्राधिकरण घाटा भयो भन्नासाथ खुशी हुने जमात पनि छ । नेगेटिभिटीको ठूलो जमात छ । यो देखाएर त्यो भित्रबाट कसरी आफूले कमाउने भन्ने पनि रहेछ । लोडसेडिङ भयो उद्योगमा डिजेल चलाउनु पर्‍यो । त्यसैले उद्योगबाट उत्पादन भएको वस्तुको मूल्य बढाएका पनि होलान् । विगतमा लोडसेडिङको बेलामा डिजेल नचाउँदा पनि २० देखि २२ घण्टा जनतालाई लोडसेडिङमा पारेर प्रयोग गरेको विद्युतबाट उत्पादित वस्तु मूल्य बढाएर बेचिसक्नु भयो । तर डेडिकेटेड ट्रंकलाइनको पैसा तिर्नु पर्दैन । अहिले आएर प्राविधिक कारणले दुई चार दिन समस्या हुँदा लोडसेडिङ घोषणा भयो भन्ने हल्ला गरिरहेको छ । त्यो जमातको हल्ला,लोडसेडिङ हुँदा रमाउने जमातले गरिरहेको छ । यो कदापी होइन । नेपालमा लोडसेडिङ हुँदैन । लोडसेडिङ भएको छैन । केही समयको लागि प्राविधिक समस्यो हो । पटक-पटक भनिरहेका छौं । माथिल्लो तामाकोशी बाढीले क्षति गरेको छ । त्यो बनाउन कसैले सहयोग गर्नुपर्दैन । कालिगण्डकी आयोजनाको एउटा युनिट बन्द छ । ५०० मेगावटको पिकिङ पावर प्लान्टहरु बन्द छ । त्यति गर्दा पनि हामीले लोडसेडिङ हुन दिएका छैनौं । बेलुकाको पीक समयमा केही समय विहानको पीक समयमा उद्योगहरुलाई कम चलाउन भनेका छौं ।’

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताए । उनले देशको विकासमा पूर्वाधारको विकास महत्वपूणर् रहेको उल्लेख गरे ।

उनले पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक रहेको जिकिर गरे । सरकारले सिमेन्टको मूल्य बढाउनेलाई कारबाही गर्नुपर्ने उनको माग थियो । उनले सिमेन्टको मूल्य बढ्दै जाँदा जलविद्युत आयोजनाहरुको लागि उच्च रुपमा वृद्धि हुने जिकिर गरे ।

जलविद्युत आयोजनाको कारण सरकारले कल्पना गर्न नसक्ने ठउँमा बाटो पुगेको उनको भनाइ थियो । उनले उर्जाको विकासमा सामाजिक उत्तरदायित्वमा जोडेर जानुपर्ने उल्लेख गरे । भारतबाट विद्युत आएन भने अझै लोडसेडिङ हुने अवस्था रहेको जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस ५ गते शुक्रबार ०२:४१
हजुरको प्रतिक्रिया