२०८३ साउन २१ गते बिहीबार

पोखरामा ६ सहित गण्डकीमा ३६ संक्रमित थपिए

पोखरामा ६ सहित गण्डकीमा ३६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २८ गते आइतबार ०९:१२

पोखरा । पोखरा महानगरपालिकामा थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका १६ कि २० बर्षीय महिलालाइ काेराेना संक्रमण पुष्टी भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । उनी पश्चिमान्चल सामुदायिक...

पोखरा । पोखरा महानगरपालिकामा थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका १६ कि २० बर्षीय महिलालाइ काेराेना संक्रमण पुष्टी भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । उनी पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन् ।
अर्का संक्रमित पाेखरा-९ का ७० बर्षीय पुरूष रहेकाे र उनी पाेखराकै मणिपाल शिक्षण अस्पतालमा उपचाररत रहेकाे निर्देशनालयले जनाएकाे छ ।  प्रतिष्ठानकै फिवर क्लिनिकमा परिक्षणका लागि पुगेका थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएपछि पोखरामा आजै ६ जना संक्रमित भेटिएका हुन ।
त्यस्तै लमजुङमा पनि थप १७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्य १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत छन् भने एक संक्रमित बेसिसहर वडा नम्बर २ कि ५२ वर्षिय एक महिला हुन् ।
त्यस्तै स्याङ्जा जिल्लामा पनि थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकामा २ जना, स्याङ्जामा ४ जना प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३९ पुगेको छ ।
प्रकाशित मिति २०७७ भदौ २८ गते आइतबार ०९:१२
हजुरको प्रतिक्रिया