२०८३ साउन २१ गते बिहीबार

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फोर नेसन्स कप फुटबल खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फोर नेसन्स कप फुटबल खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १८ गते बिहीबार ०८:४२

'फोर नेशन्स कप' आउँदो फेब्रुअरी १७ देखि २६ तारिखसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

पोखरा ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदानमा चार वटा देश सहभागी ’फोर नेशन्स कप’ खेल्ने भएको छ ।

एसियाकै प्रतिष्ठित महिला फुटबल प्रतियोगिता एएफसी एसियन कप २०२६ को छनोटको तयारीमा रहेको नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको हो ।

‘फोर नेशन्स कप’ आउँदो फेब्रुअरी १७ देखि २६ तारिखसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाका अनुसार फागुनमा नेपालले दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने पक्का भएको हो ।

फागुन ५ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमार भिड्ने छन् ।

यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा मा हुन लागेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस १८ गते बिहीबार ०८:४२
हजुरको प्रतिक्रिया