हरिकृष्ण गौतम
म्याग्दी ।
म्याग्दी बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सवको अवसरमा बिहिबार आयोजित विद्यालय तथा क्याम्पसस्तरीय ८ किलोमिटर दौड (रोड रेस) प्रतियोगिताको उपाधि सोनिया खड्का र लिला बहादुर खत्रीले जितेका छन् ।
म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मावि र म्याग्दी बहुमुखी क्याम्पस गरी छात्रातर्फ १० र छात्र तर्फ १५ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिधाम माविकी खड्का र म्याग्दी बहुमुखी क्याम्पसका खत्री प्रथम भएका हुन् ।

प्रतियोगितामा छात्रातर्फ राष्ट्रिय मावि.घतानकी अञ्जली खत्री र न्यू वेष्ट पोइन्ट आमाविकी छात्रा अनिषा थापा क्रमश द्धितिय र तृयित भएका छन् ।
त्यसैगरी छात्रतर्फ प्रकाश माविका बिराज परियार, न्यू वेष्ट पोइन्टका विराज परियार प्रकाश मावि र सुजन राना मगर द्धितिय र तृतिय भएको क्याम्पसका सूचना अधिकारी नारायण प्रसाद सुवेदीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत छात्रछात्रा तर्फका विजेतालाई क्रमश ५ हजार, ४ हजार ३ हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा सहभागि विद्यार्थीका लागि क्याम्पस चोकदेखि डम्बरासम्म र डम्बरादेखि क्याम्पसचोकसम्मको रुट तय गरिएको थियो ।
प्रकाशित मिति २०८१ पुस १९ गते शुक्रबार ०९:५०




