२०८३ साउन २१ गते बिहीबार

चम्कियाे ओपनिङ : नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

चम्कियाे ओपनिङ : नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ४ गते शनिबार ०९:००

पाेखरा । त्रिदेशीय कप टी-२० सिरिजमा नेपालले विजयी सुरूआत गरेको छ । नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १ विकेटको...

पाेखरा । त्रिदेशीय कप टी-२० सिरिजमा नेपालले विजयी सुरूआत गरेको छ । नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।

नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले नटआउट ५४ रन जोडे। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

कुशल भुर्तेलले ४६ बलमा ६२ रन जोडे । उनले समान ५-५ चौका र छक्का हिर्काए। कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रन जोडे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

उसका लागि बासडी लिडले सर्वाधिक ४१ रन बनाए । यस्तै स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे। त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिए ।

खराब सुरूआत गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो । टिमको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

उनले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लुको धरापमा पारे । त्यस्तै, नेदरल्यान्ड्सले दोस्रो विकेटको रूपमा बेन कोपरलाई शून्य रनमा गुमायो । आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए ।

१४ औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने चक्करमा इड्वार्ड नेदरल्यान्ड्सको तेस्रो विकेट गुम्यो । ३० रनमा खेलिरहेका इड्वार्ड साहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका हुन् ।

बास डे लिडेले स्कट इड्वार्डसँगै मिलेर नेदरल्यान्ड्सको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। उनले इड्वार्डसँग ६१ रनको साझेदारी गरे ।

चौथो विकेटको रुपमा नेदरल्यान्ड्सले सर्वाधिक रन बनाएका बास डे लिडेलाई गुमायो ।

उनी १७ औं ओभरको अन्तिम बलमा ४१ रनमा पेभिलियन फर्किए। उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सन्दीपको स्पेलको चौथो ओभरको अन्तिम बलमा कुशल भुर्तेलले क्याच गर्दै बासलाई मैदान बाहिर पठाएका थिए ।

प्रकाशित मिति २०७८ वैशाख ४ गते शनिबार ०९:००
हजुरको प्रतिक्रिया