२०८३ साउन २१ गते बिहीबार

कोपा डेल रेको उपाधि बार्सिलोनाले जित्यो

कोपा डेल रेको उपाधि बार्सिलोनाले जित्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ५ गते आइतबार १०:३२

एजेन्सी । बार्सिलोनाले स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनलमा बार्साका कप्तान लियोनेल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । खेलमा एन्टोनी...

एजेन्सी । बार्सिलोनाले स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनलमा बार्साका कप्तान लियोनेल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । खेलमा एन्टोनी ग्रीजमन र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको बार्सिलोनाले १२ मिनेटभित्र चार गोल गरेको थियो ।

खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै फ्रेन्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो । ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । ८६औं मिनेटमा ग्रीजमनले गोल गरेपनि भिएआर रेफ्रीले मान्यता दिएन र बार्सिलोनाले ४-० विजयी भयो ।

बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको हो । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ । २०१९-२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १-० ले पराजित भएको थियो ।

प्रकाशित मिति २०७८ वैशाख ५ गते आइतबार १०:३२
हजुरको प्रतिक्रिया