२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय एकता दिवसको अवसरमा पोखरामा गण्डकीका धुनहरु प्रस्तुत गरिँदै

राष्ट्रिय एकता दिवसको अवसरमा पोखरामा गण्डकीका धुनहरु प्रस्तुत गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २७ गते शनिबार ११:१५

प्रतिष्ठानको हलमा दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा काठमाडौं र गण्डकीका वरिष्ठ बाध्यबाधकले प्रस्तुति दिने छन् । मौलिक लोक भाकाहरु र मौलिक बाजाहरुको अर्केस्ट्रा प्रस्तुत गरिने कार्यक्रमको पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

पोखरा ।

राष्ट्रिय एकता दिवसको अवसरमा पोखरामा आज गण्डकीका धुनहरु प्रस्तुत हुने भएका छन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठान र पोखरा साङ्गीतिक कलाकार संघ नेपालको संयुक्त आयोजनामा हुने कार्यक्रममा आज ४० जना कलाकारहरुले सामूहिक प्रस्तुति दिने भएका छन् ।

प्रतिष्ठानको हलमा दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा काठमाडौं र गण्डकीका वरिष्ठ बाध्यबाधकले प्रस्तुति दिने छन् ।

मौलिक लोक भाकाहरु र मौलिक बाजाहरुको अर्केस्ट्रा प्रस्तुत गरिने कार्यक्रमको पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

प्रतिष्ठानले विगत देखि नै विभिन्न सामाजिक र सांकृतिक कार्यहरु गर्दै आएको छ । प्रतिष्ठानले लोप हुँदै गएका मगरको सोरठी, घाँटु, बालन, जिबैमामा, हेल्मा समुदायका गीतहरु प्रचार प्रचार गर्दै आइरहेको छ ।

त्यस्तै प्रतिष्ठानले नयाँ पुस्तालाई विभिन्न प्रशिक्षण कार्यक्रम गरि भाषा तर्फ १५९७ जना र बाजा तर्फ ७३९ जना प्रशिक्षार्थी उत्पादन गरेको छ ।

त्यस्तै यही माघ १९ देखि २६ गते सम्म प्रतिष्ठानकै सभाहलमा पर्यटकका लागि लोपान्मुख नाच प्रदर्शन गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।

उनले पोखराका चर्चित ब्याण्डलाई पुन क्रियाशिल गराउने उद्देश्यले माघ २६ गने कन्सर्ट पनि गरिने जानकारी दिए । फागुन ५ देखि ९ गते सम्म प्रादेशिक ललितकला प्रदर्शनी गर्ने सदस्य सचिव श्रेष्ठले जिकिर गरे ।

सम्मलेनमा कार्यक्रम संयोजक प्राज्ञ अशोक राईले प्रस्तुतिले नेपाली बाजालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने विश्वास व्यक्त गरे । उनले सामुहिक प्रस्तुतिमा गण्डकीकै धुनलाइै प्राथमिकतामा राखि प्रस्तुत गर्ने उल्लेख गरे ।

लोप हुँदै गएका परम्परागत धुनलाई प्रस्तुत गरि अग्रज व्यक्तिहरुको विशेष प्रस्तुति हुने उनले जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ११:१५
हजुरको प्रतिक्रिया