२०८३ साउन २१ गते बिहीबार

खो–खो विश्वकप : महिलातर्फ नेपालले आज बंगलादेशसँग खेल्दै

खो–खो विश्वकप : महिलातर्फ नेपालले आज बंगलादेशसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ३ गते बिहीबार १०:२०

नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो सवा ४ बजे शुरू हुनेछ । महिलातर्फ समूह चरणको खेलमा नेपाल अपराजित छ ।

पोखरा ।

भारतमा जारी खो–खो विश्वकपको महिलातर्फ नेपालले समूह चरणको अन्तिम खेलमा आज बंगलादेशसँग खेल्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो सवा ४ बजे शुरू हुनेछ । महिलातर्फ समूह चरणको खेलमा नेपाल अपराजित छ ।

हिजोको खेलमा नेपालले श्रीलङ्कालाई ११०–१० ले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई पनि हराएको थियो ।

प्रतियोगितामा महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलका खेल भोलि हुनेछन् भने फाइनल खेल आउँदो आइतबार हुनेछ ।

प्रकाशित मिति २०८१ माघ ३ गते बिहीबार १०:२०
हजुरको प्रतिक्रिया