पोखरा ।
मलेसियामा जारी आइसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ ।
मलेसियाको बांगीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ ।
नेपालको महिला टोलीले कुनै पनि फम्र्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो ।
नेपालले यसअधि लगातार दोस्रो हार बेहोरेको छ । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।
यसअघि दुई खेलमा पराजित नेपाललाई सुपर सिक्समा पुग्न आजको आफ्नो तेस्रो खेलमा जीत र आज भइरहेको बंगलादेश र स्कटल्याण्डबीचको खेलको नतिजामा समेत भर पर्नेछ ।
अस्ट्रेलियासँग जीत र बंगलादेशले पनि स्कटल्याण्डलाई हराउन सकेमा नेपाल सुपर सिक्समा पुग्नेछ ।
समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बंगलादेश र स्कटल्यान्डको समान २–२ अंक छ । नेपाल अंकविहीन छ । नेपालले पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेलेको हो ।
१६ वटा टोली सहभागी रहेको १९ वर्षमुनिको महिला विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् ।
प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०९:१३




