मंगलबार संक्रमित हुनेहरूमा पाेखरा महानगरका मात्रै ९७ जना
पाेखरा । तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । नीजमा गत ८ गते काेराेना पुष्टि भएकाे थियाे ।
यसैगरी गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको निर्देशनालयले जनाएको छ ।
गण्डकीमा मंगलबार मात्रै ११३ संक्रमित थपिए
गण्डकी प्रदेशमा मंगलबार थप १ सय १३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । मंगलबार संक्रमण पुष्टि हुनेहरूमा पाेखरा महानगरपालिकाका मात्रै ९७ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । अन्य संक्रमितहरूमा नवलपरासी पूवर्का ४ जना, तनहुँका ३ जना, पर्वत र स्याङ्जाका समान २/२ जना तथा लमजुङ र म्याग्दीका १/१ जना रहेका छन् ।
याे संगै गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या १७ हजार ९ सय ५१ पुगेकाे छ ।
प्रकाशित मिति २०७८ वैशाख १४ गते मंगलबार ०३:११




