२०८३ साउन २१ गते बिहीबार

टाइगर कप भलिबलः एपिएफमाथि आर्मीको सहज जित

टाइगर कप भलिबलः एपिएफमाथि आर्मीको सहज जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १३ गते आइतबार ०५:५५

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा एपिएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो ।

पोखरा ।

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई सोझो सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा एपिएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।

यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३–२ सेटमा पराजित गरेको थियो ।

यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा अब लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति २०८१ माघ १३ गते आइतबार ०५:५५

हजुरको प्रतिक्रिया