२०८३ असोज २४ गते शनिबार

अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको दोस्रो दिन ७ खेल सम्पन्न

अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको दोस्रो दिन ७ खेल सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १४ गते सोमबार ०७:०२

प्रतियोगिता अन्तरगत मंगलबार पहिलोचरणका सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए ।

पोखरा ।

लोक कवि अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शोमबार सात खेल सम्पन्न भएका छन् ।

पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको खेलमा बरजला एफसी, एनकेबी एफसी, मुस्लिम कल्याण्कारी, रानीपौवा एघार, एनबीपीसी एफसी, माछापुच्छ«े श्रीशक्ति र एनएमवाइसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बरजलाले मियापाटन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित ग¥यो । यस्तै एनकेबीले केआइसीसी बुनलाई पेनाल्टी सुटआउटमा ३–२ को गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो ।

मुस्लिम कल्याण्कारीले नाइट मेयर एफसीलाई ३–० को अन्तरमा पराजित गर्दा रानीपौवा एघारले अन्नुदादा अभियान पदलाई पेनाल्टी सुटआउनमा ३–२ को अन्तरमा पराजित गर्यो ।

एनबीएफसीले हाम्रो एफसीलाई १–० मा स्तब्ध बनाउँदा भाछापुच्छ«े श्रीशक्तिले कमलपोखरी एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ मा रोक्यो ।

आजको सातौ अर्थात अन्तिम खेलमा एनएमसीसीले एमपीसीलाई ३–० गोल सहज जित निकाल्यो ।

प्रतियोगिता अन्तरगत मंगलबार पहिलोचरणका सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।

प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०७:०२
हजुरको प्रतिक्रिया