२०८३ कात्तिक १० गते सोमबार

कास्कीकाे अवस्था चिन्ताजनक

कास्कीकाे अवस्था चिन्ताजनक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १५ गते बुधबार ०४:४४

पाेखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमण तिव्र गतिमा बढिरहेकाे छ । जसमध्येपनि सबैभन्दा धेरे प्रभावित प्रदेशकाे राजधानी कास्की बनेकाे छ । कास्कीमा बुधबारसम्मकाे तथ्याङ्क अनुसार मात्रै ८ सय ७७ जना सक्रिय संक्रमित रहेका...

पाेखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमण तिव्र गतिमा बढिरहेकाे छ । जसमध्येपनि सबैभन्दा धेरे प्रभावित प्रदेशकाे राजधानी कास्की बनेकाे छ । कास्कीमा बुधबारसम्मकाे तथ्याङ्क अनुसार मात्रै ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

कास्कीमा हालसम्म ९ हजार ४ सय ८० जना संक्रमित भेटिएका छन् जसमध्ये ८ हजार ४ सय ८३ जना निकाे भएर घर फर्किएका छन् । काेराेनाकै कारण कास्कीका १ सय २० जनाले ज्यान गुमाइसकेका छन् ।

बुधबार मात्रै कास्कीमा १७३ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । जसमा पाेखरा महानगरपालिकाका १ सय ४९ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ । अन्य संक्रमितहरूमा मादी गाउँपालिकाका २१ जना, माछापुच्छ्रे गाउँपालिकाका २ तथा रूपा गाउँपालिकाका १ जना रहेका छन् ।

कास्कीमा बढ्दाे काेभिड जाेखिमलाइ मध्यनजर गर्दै प्रशासनले बुधबार विहानैदेखि निशेधाज्ञा जारी गरेकाे छ ।

प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०४:४४
हजुरको प्रतिक्रिया