गोरखा ।
प्रसिद्ध धार्मिक स्थल मनकामना र देवघाटलाई जोड्ने गरी ‘अल्ट्रा ¥याफ्टीङ म्यारथन ’प्रतियोगिता शुरु भएको छ ।
वुधबार गण्डकी गाउँपालिका–६ भुम्लीचोक बाट प्रतियोगिताको आरम्भ गरिएको हो । फिस्लीङ स्थित त्रिशुली नदिबाट देवघाट स्थित नारायणी नदिसम्म भएको अल्ट्रा ¥याफ्टीङ म्यारथन प्रतियोगिता दुई दिन सम्म चल्ने छ । पहिलो दिन फिस्लीङ स्थित त्रिशुली नदिबाट सिमल ताल सम्म प्रतियोगिले प्रतिस्पर्धा गरेका छन । भोली विहिबार सिमलताल बाट देवघाट सम्म प्रतिस्पर्धा हुने आयोजक प्रदेश खेलकुद परिषद गण्डकीका साहसिक खेलकुद संयोजक वसन्तराज दवाडीले बताए ।
दुइ दिन सम्म चल्ने प्रतियोगितामा एक ¥याफ्टीङ वोटमा सात जना रहने गरी ६ टीमका ४२ जनाले सहभागीता जनाएका छन् । कोशी, वाग्मती तथा गण्डकी प्रदेश र विभागीय(नेपाली सेना)का २÷२ टिम रहेका छन् । प्रतियोगितामा सहभागीका प्रतिस्पर्धीले स्टार्टीङ र इन्डीङ सम्मको समयको आधारमा विजेता घोषणा गरिने खेलकुद संयोजक दवाडीले जानकारी दिए ।
फिस्लीङबाट देवघाटसम्म ५० किलोमिटर क्षेत्रमा हुने प्रतियोगिता दुइ जिल्लाको दुइ धार्मिक स्थललाई पर्यटकीय खेल गतिविधि सँग जोड्ने मुख्य उदेश्य सहित धार्मिक स्थललाई जोड्दै साहसिक खेलकुदको गन्तब्य बनाउन प्रतियोगिताको आयोजना गरिएको आयोजले जनाएको छ ।
पहिलो पटक भएको अल्ट्रा म्यारथन ¥याफ्टीङ प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, दोस्रोले ४० हजार, तेस्रोले २० हजार र सान्त्वना हुने १० हजार पुरस्कार पाउने छन् । साथै दुइ साता पछि हुने राष्ट्रिय खेलको छनौट प्रतियोगितामा पनि सहभागी गराउने पाउने छन् ।
शुक्रबार नारायणी नदिमा देवघाटबाट नवलपुरको देवचुली सम्म कायक प्रतियोगिता हुनेछ । २७ किलोमिटर क्षेत्रमा हुने कायक प्रतियोगिताका लागि २७ जना सहभागी हुने छन् । कायक प्रतियोगितामा भने व्यक्तिगत रुपमा सहभागी हुन पाउने दवाडीले भने । कायक प्रतियोगितामा पहिलो दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ३० हजार, २० हजार, १० हजार, ५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०६:०७




