२०८३ असोज २४ गते शनिबार

बाग्मती प्रदेशले जित्यो अल्ट्रा र्याफ्टिङ म्याराथनको उपाधि

बाग्मती प्रदेशले जित्यो अल्ट्रा र्याफ्टिङ म्याराथनको उपाधि

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०६:१९

पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ३० हजार, २० हजार, १० हजार र ७ हजार पुरस्कारको व्यवस्था गरिएको छ।

गोरखा ।

मनकामना र देवघाट जोड्ने गरी संचालन भएको अल्ट्रा र्याफ्टिङ म्याराथन प्रतियोगिताको उपाधि बाग्मती प्रदेशले हात पारेको छ ।

५० किलोमिटरको निर्धारित दुरी १ घण्टा ४६ मिनेट ४३ सेकेण्डमा पार गर्दै बाग्मतीले उपाधि जितेको हो । उक्त टिमले ६० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

निर्धारित दुरी १ घण्टा ४७ मिनेट ३० सेकेण्डमा पार गर्दै गण्डकी प्रदेश उपाधि उपविजेता बनेको छ । उक्त टिमले ४० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक गण्डकी प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

प्रतियोगितामा कोशी प्रदेश तेस्रो, त्रिभुवन आर्मी क्लब ‘बि’ चौथो र त्रिभुवन आर्मी क्लब ‘ए’ ले पाँचौ स्थान हासिल गरेको छ ।

उनीहरुले निर्धारित दुरी क्रमश १ घण्टा ४८ मिनेट १८ सेकेण्ड, १ घण्टा ५० मिनेट १३ सेकेण्ड र १ घण्टा ५० मिनेट ५८ सेकेण्डमा पार गरेका थिए। पुरस्कार स्वरुप उनीहरुले क्रमश २० हजार, १० हजार र ७ हजार नगदको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने त्रिशुली नदीबाट सुरु भएको र्याफ्टिङ चितवनको देवघाटस्थित नारायणी नदीमा पुगेर टुंगिएको हो ।

बुधवारबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो।

परिषदको बार्षिक स्वीकृत कार्यक्रममा समावेश साहसिक प्रतियोगिता अन्तरगत नेपालमै पहिलो पटक अल्ट्रा र्याफ्टिङ म्याराथन प्रतियोगिता गरिएको परिषद्का साहसिक खेलकुद संयोजक बसन्तराज दवाडीले बताए।

त्यस्तै, आज शुक्रवार तनहूँको आँवुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीबाट गैडाकोटको राधाकृष्ण मन्दिरसम्म कायक प्रतियोगिता हुने उनले जानकारी दिए। कुल २७ किलोमिटर दुरीको उक्त प्रतियोगितामा २७ जना सहभागी हुने छन्।

पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ३० हजार, २० हजार, १० हजार र ७ हजार पुरस्कारको व्यवस्था गरिएको छ।

पर्यटन प्रवद्र्धनसँगै विपद व्यवस्थापनमा समेत सहयोग पु¥याउने उदेश्यले प्रतियोगिता गरिएको परिषदले जनाएको छ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०६:१९

हजुरको प्रतिक्रिया