२०८३ साउन २१ गते बिहीबार

क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना

क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २२ गते मंगलबार ११:०८

  काठमाडौं । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी...

 

काठमाडौं ।

उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् ।

मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

उपसभामुख रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरिन् । उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताईन् ।

उनले क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताईन् । समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको उनको भनाइ छ ।

उपसभामुख रानाले भनिन् ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । परिवारको माया प्रेम चाहिन्छ । समाजको काम गर्न हामीलाई कुनै ठूलो फण्ड चाहिँदैन । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरु गर्नसक्छौँ ।’

उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार ११:०८
हजुरको प्रतिक्रिया