२०८३ असोज २४ गते शनिबार

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शुरु

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २५ गते शुक्रबार ०३:०७

नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरको भनाइ छ ।

काठमाडौं ।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शुरु भएको छ ।

शुक्रवार रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । ०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान हुने जानकारी दिए ।

फ्लड लाइट जडानसँगै रात्रिकालिन सयमयमा पनि खेल खेलाउन सकिने बताए ।

मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भइसकेको उनले उल्लेख गरे । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरेको जानकारी दिए ।

भारतबाट पनि केही क्लवस्तरीय टिमहरु आएर खेलेको उनले जिकिर गरे । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरको भनाइ छ । मैदानका साथै अन्य भौतिक संरचनाका कामहरु पनि अगाडि बढिरहेको उनले बताए ।

तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा रहेको उनको भनाइ छ । अब प्याराफिट निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ०३:०७
हजुरको प्रतिक्रिया