२०८३ साउन २१ गते बिहीबार

पूर्वराजा ज्ञानेन्द्रकाे पोखरामा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्रकाे पोखरामा भव्य स्वागत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०८:०२

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा आएका छन् । समिट एयरको चार्टड विमानमार्फत आइतबार अपरान्ह पोखराको पुरानो विमानस्थलमा ओर्लिएका पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत गरिएको छ। स्वागतका लागि ठूलो सङ्ख्यामा उनका समर्थक...

पोखरा ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा आएका छन् ।

समिट एयरको चार्टड विमानमार्फत आइतबार अपरान्ह पोखराको पुरानो विमानस्थलमा ओर्लिएका पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत गरिएको छ।

स्वागतका लागि ठूलो सङ्ख्यामा उनका समर्थक विमानस्थल परिसरमा उपस्थित भएका थिए । नेपालको राष्ट्रिय झण्डा सहित उपस्थित भएका उनीहरु बाजागाजा, गीतसङ्गीत, पुष्पअर्पण गरेर उनलाई स्वागत गरे ।

उनीहरूले पूर्व राजाका पक्षमा नारा समेत लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्र सहित परिवारका केही सदस्य आएका छन्। पूर्वरानी कोमल शाह केही दिनमा पोखरा आउने बताइएको छ ।

नागरिक स्वागत मूल समारोह समिति पश्चिमाञ्चल पोखराले राजाको स्वागतका लागि आह्वान नै गरेको थियो।

कार्यक्रमको संयोजन प्रा‍.डा. जगमान गुरुङले गरेका छन् । शाहको स्वागतमा साविक पश्चिमाञ्चलका जिल्लाबाट नागरिक सहभागी भएका हुन् । कार्यक्रम व्यवस्थित हुन नसक्दा स्वागतको लागि घन्टौँ देखि लाइनमा बसेका सर्वसाधारणले उनलाई स्वागत गर्न पाएनन् ।

भिड व्यवस्थापन राम्रोसँग नहुँदा लाइनमा बसेका धेरै जनाकाे पूर्वराजासँग साक्षात्कार गर्ने इच्छा पुरा हुन नसकेको हो।

समारोहका सचिवालय प्रमुख अरुण गिरीका अनुसार पूर्वराजा ज्ञानेन्द्र दुई हप्ता पोखरा बस्नेछन्। पोखरा बसाइका क्रममा पोखरा आसपासका धार्मिकस्थलको भ्रमण गर्ने गिरीले जानकारी दिए।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०८:०२
हजुरको प्रतिक्रिया