२०८३ असोज २६ गते सोमबार

खेलकुदमन्त्रीलाई माओवादी सांसदको प्रश्नः ०४७ सालको संविधान कार्यान्वयन हो की, संशोधन भइसक्यो ?

खेलकुदमन्त्रीलाई माओवादी सांसदको प्रश्नः ०४७ सालको संविधान कार्यान्वयन हो की, संशोधन भइसक्यो ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०२:३४

खानेपानी मन्त्रालयमा आगलागी भएको भन्ने जानकारी आएको भन्दै सिंहदरबारमै आगलागी हुन्छ भने गाउँको अवस्था के होला भन्दै प्रश्न गरे ।

काठमाडौं ।

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गरेका छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उनले मन्त्री चौधरीको जवाफ माग गरेका हुन् । उनले युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूचि ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानूनअनुसार ल्याएको भन्नेकुरा आएको भन्दै आपत्ति जनाए । उनले ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूचि ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानूनअनुसार ल्याएको भन्नेकुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो बुझ्न चाहन्छु ।’

खानेपानी मन्त्रालयमा आगलागी भएको भन्ने जानकारी आएको भन्दै सिंहदरबारमै आगलागी हुन्छ भने गाउँको अवस्था के होला भन्दै प्रश्न गरे ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०२:३४
हजुरको प्रतिक्रिया