२०८३ असोज २६ गते सोमबार

सरकार नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत छः सांसद लामा

सरकार नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत छः सांसद लामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०२:५२

सरकारले विकास निर्माणका काममा चासो नदेखाएको कारण विभिन्न सडक आयोजना निर्माणको काम अलपत्र परेको समेत उनले उल्लेख गरिन् ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानूनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत रहेको आरोप लगाएकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गरएका कुरा सरकारले सुन्न छोडेको बताएकी हुन् ।

उनले पारित भएर आएको कानूनबाटै सरकार निवयमावलीको आधारमा कानून बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको जिकिर गरिन् ।

उनले भनिन्, ‘सरकार ध्यानाकर्षण गराएका कुराहरु सुनिरहेको छैन । सुनोस् पनि कसरी सरकार ऐन, कानूनमा टेकेर हैन नियमावली हेरेर ऐन कानून परिवर्तन गर्न जोड दिइरहेको छ । पारित भएर आएको कानूबाट सरकार ऐन र कानूनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानून निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रष्ट भएको छ । जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट शुरु गरौं ?’

सरकारले विकास निर्माणका काममा चासो नदेखाएको कारण विभिन्न सडक आयोजना निर्माणको काम अलपत्र परेको समेत उनले उल्लेख गरिन् ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०२:५२

हजुरको प्रतिक्रिया