२०८३ असोज २६ गते सोमबार

अध्यादेश संवैधानिक हो, अस्वीकार गर्नुको औचित्य छैनः सांसद शेर्पा

अध्यादेश संवैधानिक हो, अस्वीकार गर्नुको औचित्य छैनः सांसद शेर्पा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०५:१४

द्रुत गतिमा संसदमा काम गर्न नसके देशलाई अग्रगति दिन नसकिने उनले बताए ।

काठमाडौं ।

राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले अध्यादेश संवैधानिक भएकाले अस्वीकार गर्नुको कुनै कारण नरहेको बताएका छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले अध्यादेश संवैधानिक व्यवस्था भएकाले सबैले स्वीकार गर्नुपर्ने बताएका हुन् । उनले आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।

विगतमा अध्यादेश आफ्नो स्वार्थका लागि आएको भन्दै अहिले स्वार्थ केन्द्रित अध्यादेश नभएको उनले उल्लख गरे । जनताको हितमा, लगानीमैत्री वातावरण बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि अध्यादेश ल्याइएको उनको भनाइ छ ।

उनले भने, ‘अध्यादेश संवैधानिक व्यवस्था हो । संवैधानिक व्यवस्था सबैले स्वीकार्नुपर्छ । हामी संवैधानिक व्यवस्थालाई स्वीकार्ने अधिकार लिने तर आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने जुन किसिमको हाम्रो प्रवृत्ति छ, त्यसलाई निरुत्साहित गर्नुपर्छ । अध्यादेश विगतमा पनि आएका थिए । तर विगतमा आफ्नो स्वार्थका लागि अध्यादेश ल्याइएको थियो । जस्तो पार्टी फुटाउने । पार्टी फुटाइसकेपछि, आफ्नो स्वार्थ पूरा भइसकेपछि फेरि अध्यादेश निष्क्रिय बनाउने गरिएको थियो । तर वर्तमान सरकारले अध्यादेश जनताको हितमा ल्याएको छ, लगानीमैत्री बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि ल्याएको छ ।’

द्रुत गतिमा संसदमा काम गर्न नसके देशलाई अग्रगति दिन नसकिने उनले बताए ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०५:१४
हजुरको प्रतिक्रिया