२०८३ असोज २६ गते सोमबार

मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित

मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०५:१८

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आईतवार बस्नेगरी स्थगित भएको छ ।

काठमाडौं ।

मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रश्ताव पेश गरे ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आईतवार बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०५:१८
हजुरको प्रतिक्रिया