२०८३ असोज २६ गते सोमबार

आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तह बनाऔँः एमाले सांसद घिमिरे

आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तह बनाऔँः एमाले सांसद घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २९ गते मंगलबार ०६:५७

हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव रहेको उनले बताएका छन् ।

काठमाडौं ।

नेकपा एमाले सांसद वासुदेव घिमिरेले स्थानीय तहको पुनःसंरचना आवश्यक भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक रहेको बताएका हुन् ।

उनले हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरु रहेको भन्दै यसले राज्यलाई ठूलो आथिक भार परेको बताए । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रश्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिने उनले उल्लेख गरे ।

प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक देखिन्छ । हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरु छन् । जसले राज्यलाई ठूलो आर्थिक भार पारेको छ । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रश्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिन्छ । प्रश्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी छ । हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव छ ।’

हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव रहेको उनले बताएका छन् ।

प्रकाशित मिति २०८१ माघ २९ गते मंगलबार ०६:५७

हजुरको प्रतिक्रिया