२०८३ साउन २१ गते बिहीबार

शक्तिशाली राष्ट्रले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेः पर्यटनमन्त्री पाण्डे

शक्तिशाली राष्ट्रले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेः पर्यटनमन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०३:१४

अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल शुरु भएको भन्दै उहाँले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने उनले जिकिर गरे ।

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरुले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन् । उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको बताए । कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने पनि बताए ।

मन्त्री पाण्डेले कर्णाली नदीको शाखा नदीहरुबाट मात्रै सात हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्वपूर्ण सम्भावना बोकेको उल्लेख गरे । अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल शुरु भएको भन्दै उहाँले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने उनले जिकिर गरे ।

उनले भने, ‘कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरुबाट मात्रै विद्युत उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मुल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहान वा खण्डित गर्ने भन्ने एउटा छलफल शुरु भएको छ । यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसारभरी नै चलेको बहस भनेकै त्यही हो । शक्तिशाली राष्ट्रहरुले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरु खडा भएको छ ।’

मन्त्री पाण्डेले शक्ति राष्ट्रहरुलाई पृथ्वी जोगाउनुस् भन्ने अभियानसहित दबाब र सुझावको वातावरण निर्माणमा एकतावद्ध प्रयास गर्नसके प्रतिफल प्राप्त गर्न सकिने बताएका छन् ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०३:१४
हजुरको प्रतिक्रिया