२०८३ असोज २४ गते शनिबार

ब्ल्याक बुल्स एफसीसँग थ्रीस्टार ४-० गोलले पराजित

ब्ल्याक बुल्स एफसीसँग थ्रीस्टार ४-० गोलले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०६:२९

पोखरा । पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब २४ औँ आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगितामा निरीह बनेको छ । छैटाैँ पटक उपाधि जित्ने लक्ष्यमा उज्वेकिस्तानी क्लब ब्ल्याक बुल्स एफसी बाधक बन्यो । बिहीबारको दोस्रो सेमिफाइनलमा...

पोखरा ।
पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब २४ औँ आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगितामा निरीह बनेको छ ।

छैटाैँ पटक उपाधि जित्ने लक्ष्यमा उज्वेकिस्तानी क्लब ब्ल्याक बुल्स एफसी बाधक बन्यो । बिहीबारको दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्स एफसीसँग बलियो मानिएको थ्रीस्टार क्लब ४-० गोलले पराजित भयो ।

ब्ल्याक बुल्स एफसीले शनिबार बलियो प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्नेछ । पुलिस बुधबार चर्चव्वाइज क्लबलाई पाखा लगाउँदै फाइनल पुगेको हो ।

आज भएको प्रतिस्पर्धामा ब्ल्याक बुल्सका कुभोनचबेक ओलिमोभले खेलको २५औं, असिलबेक ओरिफजोनोभले ५८औं, सात्तोरोभले ६३औँ र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका साइदजमोद दाभलातजोनोभले ८७औँ मिनेटमा गोल गरे ।

थ्रीस्टार र ब्ल्याक बुल्स एफसीले बाई पाएर सिधै क्वाटरफाइनल खेलेका थिए । क्वाटरफाइनलमा दुवै टोलीले आआफ्ना खेल जित्दै सेमिफाइनलमा भेट भएका हुन् ।

यस वर्ष प्रतियोगिताको विजेताले नगद १२ लाख एक हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले छ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

साथै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०६:२९
हजुरको प्रतिक्रिया