२०८३ साउन २१ गते बिहीबार

सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम छैनःमन्त्रालय

सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम छैनःमन्त्रालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २५ गते शनिबार ०४:५८

सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाईएको छ । अहिले भइरहेको सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोरोना सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउदै संस्कृति,...

सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाईएको छ । अहिले भइरहेको सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोरोना सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

मन्त्रालयले प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशनरप्रसारण गरेका थिए। वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

ती सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहण सम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास गरिरहेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

प्रकाशित मिति २०७८ वैशाख २५ गते शनिबार ०४:५८
हजुरको प्रतिक्रिया