२०८३ असोज २४ गते शनिबार

उज्वेकिस्तानको ब्ल्याक बुल्सले चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि, ६ पटकको विजेता पुलिस स्तब्ध

उज्वेकिस्तानको ब्ल्याक बुल्सले चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि, ६ पटकको विजेता पुलिस स्तब्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३ गते शनिबार ०७:०८

ब्ल्याक बुल्सका फरवार्ड साभकातजोन सात्तोरोभ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

पोखरा ।

नेपाल पुलिस क्लबलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनल खेलमा ६ पटकको विजेता पुलिसलाई ३–१ गोलले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो ।

खेलको ४०औं मिनेटमा कप्तान जाखोनगिर अख्मादोभको गोलमा ब्ल्याक बुल्सले पहिलो अग्रता लिएको थियो । ५९औं ब्ल्याक बुल्सका असिलबेक ओरिफजोनोभले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । ६६औं मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेपछि अग्रता तेब्बर भएको थियो ।

पुलिसका उज्ज्वल राईले खेलको ७४औं मिनेटमा एक गोल फर्काए । अट्याकिङ एरियाबाट हानेको फ्री किक गोलमा परिणत भएको थियो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स च्याम्पियन बन्यो ।

ब्ल्याक बुल्सले पहिलो सहभागितामै उपाधि जित्दै नयाँ इतिहास बनाएको aछ । उपाधि जितेको ब्ल्याक बुल्सले ट्रफीसहित १२ लाख एक हजार हात पा¥यो । उपविजेता बनेको पुलिसले ६ लाख एक हजारमा चित्त बुझायो ।

ब्ल्याक बुल्सका फरवार्ड साभकातजोन सात्तोरोभ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले टेलजी इलेक्ट्रिक स्कुटर प्राप्त गरे । ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ उत्कृष्ट गोलकिपर, अलिजोन अलिजोनोभ उत्कृष्ट डिफेण्डर, अजिजबेक खुर्सोनबोएभ उत्कृष्ट फरवार्ड तथा अब्दुलाजिज उत्कृष्ट प्रशिक्षक बने ।

पुलिसका कप्तान राम वाजी उत्कृष्ट मिडफिल्डर घोषित भए भने पुलिसकै सन्जिव लामाले इमर्जिङ प्लेअरको अवार्ड जिते ।

प्रकाशित मिति २०८१ फागुन ३ गते शनिबार ०७:०८
हजुरको प्रतिक्रिया