२०८३ कात्तिक ११ गते मंगलबार

उपचार गर्न आउदै गर्दा कोरोना संक्रमितको बाटो मै निधन

उपचार गर्न आउदै गर्दा कोरोना संक्रमितको बाटो मै निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २७ गते सोमबार ०८:२५

पोखरा उपचार गर्न ल्याँउदै गर्दा सोमबार एक जना कोरोना संक्रमित पुरुषको बाटोमा निधन छ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाँउपालिका–६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार लमजुङ जिल्ला अस्पतालबाट उपचारका लागि पोखरा ल्याउदै गर्दा...

पोखरा उपचार गर्न ल्याँउदै गर्दा सोमबार एक जना कोरोना संक्रमित पुरुषको बाटोमा निधन छ ।

लमजुङ जिल्लाको मर्स्याङ्दी गाँउपालिका–६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार लमजुङ जिल्ला अस्पतालबाट उपचारका लागि पोखरा ल्याउदै गर्दा बाटोमा निधन हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार उनलाई बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । थप १ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २७६ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १२ जना संक्रमितको निधन भएको छ ।

प्रकाशित मिति २०७८ वैशाख २७ गते सोमबार ०८:२५
हजुरको प्रतिक्रिया