२०८३ साउन २१ गते बिहीबार

कोरोनाका कारण पोखरामा पत्रकार पौडेलको निधन

कोरोनाका कारण पोखरामा पत्रकार पौडेलको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३० गते बिहीबार ०९:२६

कोरोना संक्रमणका कारण पोखरामा एक पत्रकारको निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत ३८ वर्षीय पत्रकार गणेश पौडेलको आज बिहान गण्डकी मेडिकल कलेजमा निधन भएको छ । वैशाख १८ गते कोरोना संक्रमण देखिए लगत्तै अस्पतालमा भर्ना भई उपचारत...

कोरोना संक्रमणका कारण पोखरामा एक पत्रकारको निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत ३८ वर्षीय पत्रकार गणेश पौडेलको आज बिहान गण्डकी मेडिकल कलेजमा निधन भएको छ ।

वैशाख १८ गते कोरोना संक्रमण देखिए लगत्तै अस्पतालमा भर्ना भई उपचारत रहेका उनको उपचारको क्रममा आज बिहान निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा छन् ।

कास्की जिल्लाको पोखरा–३३ बागमारा निवासी पत्रकार पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । पोखरास्थित गण्डकी टेलिभिजनको स्थापनाकालदेखि क्रियशिल पौडेलले पछिल्लो समय उक्त टेलिभिजनमा निर्देशकको जिम्मेवारी वहन गर्दै आएका थिए ।
उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।

प्रकाशित मिति २०७८ वैशाख ३० गते बिहीबार ०९:२६
हजुरको प्रतिक्रिया