२०८३ साउन २१ गते बिहीबार

काँग्रेस कास्कीद्धारा निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

काँग्रेस कास्कीद्धारा निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २ गते आइतबार ११:५२

नेपाली कांगेस कास्कीद्धारा निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने बाध्यता भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याइएको...

नेपाली कांगेस कास्कीद्धारा निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने बाध्यता भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याइएको कास्की काँग्रेसका सभापति कृष्ण केसीले बताए ।

हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलकी प्रवन्ध निर्देशक एवं नेपाली काँग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई वटा फोर्स गाडी उपलब्ध गराएपछि सोही गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको हो ।

एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुले पार्टी सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२ मा सम्पर्क गरि समन्वय सकिने छ ।

प्रकाशित मिति २०७८ जेठ २ गते आइतबार ११:५२
हजुरको प्रतिक्रिया