२०८३ असोज २४ गते शनिबार

सुनको भाउमा नयाँ कीर्तिमानः तोलाको एक लाख ७१ हजार तीन सय पुग्यो

सुनको भाउमा नयाँ कीर्तिमानः तोलाको एक लाख ७१ हजार तीन सय पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १३ गते मंगलबार १२:४९

लगातार बढिरहेको सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज हिजोको तुलनामा पाँच...

तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार

लगातार बढिरहेको सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ आज हिजोको तुलनामा पाँच सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ यही फागुन ८ गते र गएको कात्तिक १५ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो । सुनको भन्सार दर घटेसँगै सुनको भाउमा पनि उतारचढाव भइरहेको छ ।

यस्तै चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार १२:४९
हजुरको प्रतिक्रिया